images
images

राष्ट्रिय सभा उम्मेद्वारको विषयलाई लिएर कांग्रेसमा किचलो,इतरपक्षले बोलायो छुट्टै बैठक

काठमाडौं–संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा राष्ट्रिय सभाको उम्मेद्वारको विषयलाई आन्तरिक विवाद बढेको छ । सत्तारुढ गठबन्धन दल भित्र १० वटा सिट प्राप्त गर्ने सहमति गरेको कांग्रेसमा संस्थापन पक्ष र संस्थापन इतरपक्षले आफू निकट नेताहरुलाई उम्मेद्वार बनाउन खोजेपछि विवाद बढेको हो।

पार्टी सभापति शेर बहादुर देउवाले आइतबार संस्थापन इतरपक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई बोलाएर उनीहरुको राय बुझेका थिए । संस्थापन इतरपक्षले राखेको सिट संख्या दिन देउवा तयार नभएपछि संस्थापन इतरपक्षले आफु निकट नेताहरुको बैठक आव्हान गरेका हुन । पार्टीको केन्द्रीय समिति बैठकले पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्‍याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिवद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएकालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउँदा प्राथमिकता दिने निर्णय गरेको थियो । तर देउवाले त्यो कुरा लत्याएर आफू निकट नेताहरुलाई मात्रै अवसर दिन खोजेको संस्थापन इतर पक्षको आरोप रहेको छ ।

आन्तरिक कलहका कारण आज एक बजेलाई बोलाएको कार्यसम्पादन समितिको बैठक समेत चार बजेलाई सारिएको छ । सोमबार भने उम्मेदवारी दिइसक्नु पर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।