images

बैठक छोडेर हिँडे डा शेखर कोइराला

काठमाडौ- राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउन बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

जारी बैठकबाट संस्थापन इतरपक्षका नेता डा कोइराला बाहिरिएका छन् । सत्ता गठबन्धनमा भएको भागबन्डामा कांग्रेसले पाएको १० मध्ये ४ सिट आफ्नो समूहले पाउनुपर्ने डा.शेखर–गगन थापा समूहको माग छ ।

यस अघि कार्यसम्पादनको बैठक बस्नु अघि पार्टी सभापति शेर बहादुर देउवाले नेता कोइराला र महामन्त्री गगन थापासँग भेटवार्ता गरेका थिए । देउवासँग कुरा नमिलेपछि शेखर गगनले समूहको छुट्टै बैठक बसेर चार जना उम्मेद्वार पाउनु पर्ने अडान राख्ने जिकिर गरेका थिए ।

तर सभापति शेरबहादुर देउवाले तीन सिट लिन भनेका छन् । भोली उम्मेदवारी दर्ता गरिसक्नु पर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।