images
images
images

काठमाडौंमा टिप्परको ठक्करबाट मोटरसाइलमा सवार एक जनाको मृत्यु


काठमाडौं–काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। आइतबार राति काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बा.प्र,०३-००१ प ०५०० नम्बरको टिपरले बा.५४ प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखाका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।उनकाे त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको भइरहेकाे प्रहरीले जनाएकाे छ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS