images

उच्च अदालतका ३९ जना न्यायाधीशले लिए शपथ

काठमाडौं– उच्च अदालतका नवनियुक्त ३९ जना न्यायाधीशले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सोमबार पाटन उच्च अदालतमा मुख्यन्यायाधीश नृपध्वज निरौलाले न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । शपथ समारोहमा कानुनमन्त्री धनराज गुरुङ र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत उपस्थित थिए ।

पुस १८ मा बसेको न्याय परिषद् बैठकले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको थियो । जसमा जिल्ला अदालतकामध्येबाट २६ जना, न्याय सेवाका कर्मचारीबाट चार जना र कानुन व्यवसायीबाट ९ जनाको नाम सिफारिस भएको थियो ।