images

एमडीएमएस खरिद लगायतका विषयमा अनियमिताको प्रश्न उठेसँगै दूरुसञ्चारका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौं–नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । अध्यक्ष खनालको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्स लगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेपछि उनले राजीनामा दिएका हुन् ।

खनालले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् ।

स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको सेयर खरिद बिक्रीसहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायत मुद्दामा प्राधिकरण नेतृत्वले सही रुपमा काम गर्न नसकेको भन्दै आलोचना भइरहँदा खनालले राजीनामा बुझाएका हुन् ।

खनाल ९ साउन २०७६मा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । उनको आगामी साउनसम्म कार्यकाल रहे पनि विभिन्न प्रकरणमा मुछिएपछि उनले राजीनामा दिएका हुन्