images

लिटिल बुद्धका नामले परिचित धर्मगुरु रामबहादुर बम्जन पक्राउ

काठमाडौ– आफूलाई तपस्वी भनेर चिनाउने विवादित धर्मगुरु रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई मंगलबार काठमाडौबाट पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

एक जना अनुयायीको हत्या, व्यक्ति बेपत्ता तथा जबरजस्ती करणी मुद्दामा प्रहरीको खोजीमा रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले यसअघि पटक पटक प्रयास गरे पनि सफल भएको थिएन ।

जिल्ला अदालत सर्लाही अदालतले २०७६ माघमा पहिलो पटक बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनी सम्पर्कविहीन भएपछि खोजीमा सीआईबीको टोली २०७७ सालको असारमा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको भए पनि पक्राउ गर्न असफल भएको थियो ।

लामो समय बाराको हलखोरिया जङ्गलमा बसेका बम्जन पछिल्लो समये सिन्धुलीमा आश्रम बनाएर बसेका थिए ।