images

हेलिकोप्टर पर्खिदा पर्खिदै बाजुरामा एक सुत्केरी महिलाको मृत्यु

बाजुरा – बाजुरामा एक जना १२ दिनकी सुत्केरीको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षकी अन्सु बुढाको मृत्यु भएको हो ।

यही पुस १२ गते ताजाकोटको स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि उनको परिवारले थप उपचारका लागि कोल्टीमा ल्याएका कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रञ्जित शाहले जानकारी दिए ।

हिजो कोल्टीमा ल्याउँदा अवस्था जटिल भएकोले अन्यत्र लैजान भनेको र परिवारले हेलिकप्टरको माग गरेकोमा पर्खँदा पर्खँदै बुढाको ज्यान गएको शाहले बताए । सुत्केरी भएको १२ औँ दिनसम्म स्वास्थ्य अवस्था सामान्य रहेकोमा एक्कासी श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको मृतकका परिवारले बताएका छन् ।