images

एमालेले सरकार विरुद्ध आन्दोलन गर्ने

काठमाडौं–प्रमुख विपक्षी दल एमालेले काठमाडौ केन्द्रित आन्दोलन गर्ने गरी गृहकार्य सुरु गरेको छ । सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गरेको तथा राष्ट्रियता र स्वाधीनतामाथि गम्भीर आँच पुग्ने काम गरेको निष्कर्ष निकाल्दै एमालेले आन्दोलनको गृहकार्य सुरु गरेको हो ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव शंकर पोखरेलले सबै जनसंगठनहरूलाई आन्दोलनको गृहकार्य अगाडि बढाउन निर्देशन दिए ।

सरकारको गैरजिम्मेवारीले सीमा नाघेका कारण सही ठाउँमा आउन बाध्य बनाउने गरी आन्दोलनको तयारी गर्नुपर्ने बाध्यता देखिएको उनको भनाइ थियो ।

संयन्त्रको बैठककलगत्तै जनसंगठनहरूले सरकारविरुद्ध प्रदर्शन गर्ने गरी तयारी गर्ने जानकारी गराएका छन् । महासचिव पोखरेलले राजधानीमा मध्यमवर्ग र गरिखाने वर्गमाथि चरम खालका ज्यादती भए पनि ठोस ढंगले प्रतिकार हुन नसकेको भन्दै त्यस दिशातर्फ पनि ध्यानकेन्द्रित गर्न निर्देशन दिए ।

नेपालको आन्तरिक मामिलामा सरकारले खेलबाड गरेको भन्दै पोखरेलले त्यसबारे जनतालाई प्रस्ट्याउनुपर्नेमा पनि जोड दिए ।