images

राम बहादुर बम्जनलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं– यौन हिंसा,वेपत्ताको आरोपमा पक्राउ परेका तपस्पी राम बहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइएको छ । काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका ‘लिटिल बुद्ध’ भनेर चिनिने ‘तपस्वी’ रामबहादुर बम्जनलाई सर्लाहीस्थित जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

बम्जनलाई बुधबार राति सर्लाही पुर्‍याइएको थियो । जिल्ला अदालत सर्लाहीले नै उनलाई पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि आश्रममा रहेका चार युवती बेपत्ता बनाएको र यौन हिंसा गरेको आरोप लागेको थियो ।

प्रहरीसँगको सोधपुछका क्रममा बम्जनलाई आफूलाई बाह्य संसारबारे कुनै कुरा थाहा नभएको प्रतिक्रिया दिएका थिए । उनलाई सिआइबीको टोलीले पत्रकार सम्मेलनको आयोजना गर्दै उनको साथबाट तीन करोड ३० लाख बढी रकमका साथै उनले प्रयोग गर्ने गाडी,मोटरसाइकल, ल्याक्टप र मोबाइल लगायतका सामग्री बरामद गरेको थियो ।