images

रामबहादुर बम्जनलाई पूर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

काठमाडौं– वेपत्ता,यौन हिंसा लगायतको आरोपमा पक्राउ परेका बौद्ध धर्मगुरु रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

विहिबार जिल्ला अदालत, सर्लाहीले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।

ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक ३० भदौ २०७५ मा रौटहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् ।

सीआईबीको टोलीले बम्जनको साथबाट तीन करोड ३० लाख बढी नगद,उनले प्रयोग गर्ने कार,मोटरसाइकल,ल्याक्टप र मोबाइल लगायतका सामग्रीहरु समेत बरामद गरेको छ ।