images

रुस-युक्रेन युद्धमा प्युठानका एक युवकको मृत्यु

काठमाडौं–रुसी सेनामा भर्ती भएका प्यूठानका एक युवकको मृत्यु भएको छ । रुस युक्रेनको युद्धमा परेर प्यूठान नगरपालिका–४ काठेवरका सोनु सुनारको मृत्यु भएको हो ।

रोजगारीको शिलशिलामा कतार पुगेका सुनार उतैबाट दुई महिना गरी रुस गएर त्यहाँको सेनामा संलग्न भएका थिए ।

दुई साताअघि नै सुनारको युद्धमा परी मृत्यु भएको र बुधबारमात्रै सुनारको मृत्युको खबर प्राप्त भएको स्थानीयले बताएका छन् । उनीसँगै घाईते भएका अन्य एक नेपाली युवाले सुनारको मृत्यु भएको खबर परिवारलाई दिएका थिए ।