images

संसदको हिउँदे अधिवेशन माघ तेस्रो साताबाट बोलाउने सरकारको तयारी

काठमाडौं– सरकारले संघीय संसदको हिउँदे अधिवेशन आगामी माघको तेस्रो साताबाट बोलाउने सरकारको तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको खुलासा गरेकी हुन् ।

शुक्रवार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा बोल्दै मन्त्री शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको जानकारी दिएकी हुन् ।

उनले आगामी संसद अधिवेशनमा पेस गर्नेगरी सरकारले चलचित्र सम्बन्धी ऐन तयारी गरिरहेको पनि उल्लेख गरेकी छन् । मन्त्री शर्माले राज्यले पनि स्वदेशी चलचित्रको प्रवद्र्धनमा बढी ध्यान दिन आवश्यक रहेको प्रष्ट पारेकी छन् ।