images

राष्ट्रपतिसँग प्रचण्ड, देउवा र ओलीले गरे एकसाथ भेटवार्ता

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले एक साथ भेट वार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा पछिल्लो समय मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न लगायतका विषयमा राष्ट्रपति पौडेलले चासो राखेका थिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटका क्रममा राष्ट्रपति पौडेलले दलहरूले आफूहरुले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारी दिने गरी तत्काल कानुनहरु बनाउन र निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न नेताहरुको ध्यानाकर्षण गराए ।

त्यस्तै, राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति खाली रहेको बेला मेरो-तेरो नभनी क्षमतावान प्राज्ञ ल्याएर यही मौकामा विश्वविद्यालय सुधारको अभियान सुरु गर्न पनि ध्यानाकर्षण गराएका छन् ।

साथै राष्ट्रपति पौडेलले आगामी संसद अधिवेृशन मार्फत टिआरसी विधेयक पारित गर्नुपर्नेमा समेत दलहरुलाई सचेत गराएको जनाइएको छ।