images

बरथवा गोली काण्डः वरिष्ठ प्रहरी हवल्दारलाई सेवाबाट वर्खास्त गर्न सिफारिस

काठमाडौं–गत पुस २० गते सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर जयशंकर साहकाे हत्या प्रकरणमा गोली चलाउने वरिष्ठ प्रहरी हवल्दारलाई निलम्वन गर्न सिफारिस गरेको छ ।

उक्त घटनाको छानबिन गर्न गठित समितिले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा सेवाबाट हटाउन सिफारिस गरेको हो । समितिका संयोजक सहसचिव थानेश्वर गौतमले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । समितिले गोली प्रहारमा संलग्न वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । इलाका प्रहरी कार्यालय बरहथवाको हवल्दार मेजर पदमा कार्यरत सोनेलालले गोली प्रहार गरेको छानबिन समितिको निष्कर्ष छ ।

गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टले भने, ‘समितिबाट प्रतिवेदन प्राप्त भएको छ, मन्त्रीज्यूले त्यसलाई कार्यान्वयन गर्छु भन्नुभएको छ ।’

वरिष्ठ हवल्दार यादवलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिनेगरी सेवाबाट हटाउन छानबिन समितिले सिफारिस गरेको गृहमन्त्रालयले जनाएको छ ।