images
images
images

पशुपतिका पूर्व सदस्य सचिव थापा तीन लाख धरौटीमा रिहा

काठमाडौं–पशुपतिको जलहरी निर्माण भ्रष्टाचारका आरोपित एवं पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव डा मिलनकुमार थापा तीन लाख धरौटीम रिहा भएका छन् । थापालाई विशेष अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

विशेष अदालतका सदस्यहरु डाक्टर खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालीन कोषाध्यक्षसमेत रहेका मिलन थापासँग ३ लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो ।

उनी पुसको २५ गते नै धरौटी बुझाएर रिहा भएको विशेष अदालतले जनाएको छ । अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्यसचिव थापासहित तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल र अरुण श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँ बिगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो ।

आयोगले जलहरी राख्ने क्रममा एक किलो ४९१ दशममलव ७१८ ग्राम सुन हिनामिना गरेको निष्कर्ष निकालेको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS