images

काठमाडौं उपत्यकामा समेत स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदै

काठमाडौं–सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई अब काठमाडौ उपत्यकामा पनि सुरु गर्ने भएको छ । यसअघि ७७ जिल्लाका ७ सय ५० स्थानीय तहमा लागू भईसकेको यो कार्यक्रम अगामी २० गतेबाट उपत्यकाभित्रका सबै पालिकामा हुन लागेको हो ।

सरकारले हरेक नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालन गदै आएको छ । अहिले यो कार्यक्रम ७७ जिल्लाका ७ सय ५० स्थानिय तहमा लागु भईसकेको छ । यो कार्यक्रम संचालन गर्न बाँकी रहेको काठमाडौ तथा ललितपुरका शहरी क्षेत्रमा वडाहरूमा यही माघ २० गतेबाट कायर्त्रफम संचालन गर्न लागिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । यो कार्यक्रममा सहभागी हुन चाहनेले आफ्नो वडा कार्यालयमार्फत स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन सक्नेछन् ।

यस बीमा सेवामा आवद्ध हुनेले बार्षिक १ लाख रुपैयाको स्वास्थ्य सुविधा उपयोग गर्न पाउनेछन् । जसका लागि बिमितले बार्षिक ७ सय रूपैया तिर्नुपर्ने भने अन्य प्रिमियम रकम सरकारले व्यहोर्ने छ । स्वास्थ्य बीमामा आवद्ध हुनेले सरकारले तोकेको स्वास्थ्य सेवा बाहेक २५ शैया माथिका अस्पातलमा सेवा लिनेको हकमा भने १० प्रतिशत रकम स्वयमले तिर्नुपर्ने नयाँ व्यवस्था लागु भइसकेको छ ।

यद्यपि लक्षित वर्ग तथा २५ शैयाको अस्पतलामा सेवा लिनेको हकमा भने सो व्यवस्था लागु नहुने बोर्ड जनाएको छ । सरकारले यो स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जेष्ठ नागरीक, अपांग, विपन्न वर्ग तथा एचआइभी एड्स संक्रमिकलाई लक्षित वर्गमा राखेको छ । स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ७४ लाख ६६ हजार ७ जना आवद्ध रहेका छन् । जसमध्ये हालसम्म ३४ लाख ७२ हजारले स्वास्थ्य सेवा लिईसकेका छन् ।