images
images
images

१५ दिनभित्र प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजनको विषय यथासिघ्र टुंग्याउन निर्देशन दिएका छन् । बुधबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अन्य मन्त्रीहरू, मुख्यसचिव डा‍‍. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीलाई बोलाएर प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुंग्याउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिएका कारण संघीयता अफ्ठ्यारोमा परेको बताएका छन् ।

उनले संघीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन नसकेकोमा चिन्ता व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले प्रहरी समायोजको काम नहुँदा प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भइरहेको बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS