images

काभ्रेमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार,चार जना पक्राउ

काठमाडौं- काभ्रेको पाँचखालमा एक १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संग्लन रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

गत पुस २७ गते साँझ काभ्रेको पाँचखाल नगरपालिका– ७ शिखरपुरस्थित जंगलमा किशोरीमाथि बलात्कार भएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घटनामा संलग्न उदयपुर ताप्ली– ८ का धीरज हमाल, भोजपुर षडानन्द– ८ का घनश्याम श्रेष्ठ र अन्य दुई १७ वर्षका बालक घटनामा संलग्न भएकाले पक्राउ गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भाग्यन्द्रपुरुष ढकालले घटनामा संलग्न चारैजनालाई पक्राउ गरिएको र अनुसन्धानका लागि सात दिनको म्याद थप भएको बताए ।

‘समूहिक बलात्कारमा परेपछि किशोरी आत्महत्या गर्ने गर्नका लागि रूखमा झुन्डिन ठिक्क परेको अवस्थामा परिवारका सदस्यले उद्धार गरेका थिए । परिवारका सदस्यहरुले घटनाबारे बुझ्दा उनीमाथिसामूहिक बलात्कारको पोल खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको आशंकामा ६० जनालाई पक्राउ गरेको थियो। अनन्त चार जनाले घटना स्वीकार गरेको प्रहरीको भनाइ रहेको छ ।

प्रहरीका अनुसार पीडित किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।