images
images

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार जाँचका लागि सशस्त्र प्रहरी खटाइयो

काठमाडौं– त्रिभुवन विमानस्थल भन्सार जाँचका लागि सशस्त्र प्रहरीको टोलीलाई खटाएको छ । भन्सारका जाँचका लागि सशस्त्र प्रहरी बलका प्रहरी निरक्षकको कमाण्डमा ३० जनाको टोली खटाइएको हो ।

अर्थ मन्त्रालयले गत पुस १७ गते विमानस्थल भन्सार जाँचका लागि सशस्त्र प्रहरीलाई खटाउन भन्दै गृह मन्त्रालयलाई अनुरोध गरेको थियो।

अर्थको मन्त्रीस्तरीय अनुरोधपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस २६ गते सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेका थिए। सोही निर्णय बमोजिक सोमबारदेखि सशस्त्र प्रहरीको टोलीले काम गरिरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले जानकारी दिए।
यस अघि ‘भन्सार क्षेत्रमा साबिकमा प्राइभेट कम्पनीका गार्डहरूले काम गर्ने गरेका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS