images

त्रिविले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीहरु विदेशीन बाध्यः सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको टिप्पणी गरेकी छिन् ।

बुधवार त्रिभुवन विश्वविद्यालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासोहरु बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर आकर्षित भइरहेको बताइन् । अध्ययन÷अध्यापन र परीक्षा, नतिजा लगायका विषयहरु सूचना र प्रविधिसँग जोड्दा समस्या समाधान हुने उनको भनाइ छ ।

मन्त्री शर्माले सूचना तथा सञ्चार क्षेत्रलाई राज्यले अत्यावश्यक रुपमा लिन नसक्दा समस्या सिर्जना भएको समेत बताएकी छन्।