
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पार्टी सभापति रवी लामिछाने र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई विरुद्ध सहकारी ठगि गरेको भन्दै सहकारी विभागमा उजुरी दर्ता भएको छ ।
युवराज सफलले नेपाली नागरिकका तर्फबाट सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको मागे उजुरी दर्ता गराएका हुन् ।
निवेदनमा मार्फत निवेदक सफलले भनेका छन्,‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’।
निवेदकले सहकारीबाट कर्जा लिँदा दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाई आवश्यक अनुसन्धान गर्न समेत सहकारी मन्त्रीको ध्यानाकर्षण गराएका छन् । युवराज सफलले यसअघि रवी लामिछानेकाे अमेरिकी नागरिता नत्यागेर नेपाली नागरिकता लिएकाे भन्दै सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। उक्त रिटपछि लामिछानेको गृहमन्त्री सहित सांसद पदबाट निलम्बन भएका थिए । उनले अदालतको आदेश बमोजिम नेपाली नागरिकता लिएर उपनिर्वाचनपछि पुनः सांसद पदमा निर्वाचित भएका थिए ।
हेर्नुहोस् यस्तो छ उजुरी

