images
images
images

एकै दिन प्रधानमन्त्रीका तीनवटा निर्देशन,कार्यान्वयन हुनेमा आशंका

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लाे समय सरकारी काम कार्बाहीबारे सन्तुष्ट हुन सकेका छैनन् । बुधबार प्रधानमन्त्री प्रचण्डले तीन फरक फरक निर्देशन दिए ।

बुधबार प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सम्वन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरूसहितको बैठकमा बसाएर तीन फरक फरक निर्देशन दिए ।

उनले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन, भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा दुःख नदिन र सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले कडा रुपमा दिएको निर्देशन कत्तिको लागू हुन्छ या हुँदैन भन्ने विषयमा भन्नेमा भने आशंका गरिएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS