images

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा आर्मीको दोस्रो जित

काठमाडौं–प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आर्मीले जित हासिल गरेको छ । आर्मी क्लबका तर्फबाट साहब आलमले उत्कृष्ट बलिङ गरेपछि त्रिभुवन आर्मी क्लबले दोस्रो जित हात पार्न सफल भएको हो ।

विहिबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले हराउन सफल भएको हो ।

आलम एक्लैलै ६ विकेट लिएपछि टर हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेश २४.४ ओभरमा ८८ रनमा अलआउट भएको थियो ।

आलमले ६.४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिए । १२.२ ओभरमा ७० रनमा ३ विकेट गुमाएको कोशीले बाँकी १८ रन जोड्दा थप ७ विकेट गुमाएको थियो ।

कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाए । उनले ३७ बलमा ९ चौका प्रहार गरेका हुन् । पाँच ब्याटर शुन्यमै आउट हुँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

८९ रनको सामान्य लक्ष्य आर्मीले १ विकेट गुमाएर पावरप्ले भित्रै भेटाउन सफल भएको हो ।