images

दुर्गा प्रसाईंमाथि मुक्का प्रहार

काठमाडौं–मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बाग्लुङमा मुक्का प्रहार भएको छ । नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि मुक्का प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार मञ्चमा उक्लिने क्रममा प्रसाईंमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।

प्रहरीले मुक्का प्रहार गर्ने गौतमलाई नियन्त्रणमा लिएको जनाइएको छ ।