images
images
images

सहकारीको रकम हिनामिना गरेको आरोप लागेपछि रवि लामिछाने पत्रकार सम्मेलन गर्दै

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सांसद रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा मुझिएका छन् ।

तत्कालिन ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले टेलिभिजन छोड्दै गर्दा सहकारीको रकम हिनामिना गरेको भन्दै सञ्चार माध्यममा समाचार प्रकाशन तथा प्रशारण भइरहेका छन् ।

उक्त विषयका सन्दर्भमा प्रष्ट पार्न सभापति लामिछानेले आज पत्रकार सम्मेलन गर्ने भएका हुन् । सामाजिक सञ्जाल मार्फत लामिछानेले लेखेका छन, गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका स्लिपमा कोहि स्लिप हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।


पछिल्लो समय रवी लामिछानेले सहकारी पीडितहरुको रकम राज्य कोषबाट भराउनु पर्ने लगायतका सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS