
काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सक डा. सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा भट्टाचार्यलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले केही बेरमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा जानकारी दिने तयारी गरेको छ ।