images
images
images

महानगर प्रहरीद्वारा काठमाडौं मलका व्यापारीहरुमाथि हातपात गरेको आरोप

काठमाडौं–काठमाडौं मलका व्यवसायीहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार काठमाडौं महानगरपालिका अगाडि भेला भइ प्रदर्शन गरेका हुन् ।

व्यवसायीहरुले आफूहरु सञ्चयकोषको काठमाडौं महलको ग्राउण्ड फ्लोरमा व्यवसाय गर्दै आइरहेको र एक वर्ष अवधि हुँदा पनि आफूहरुलाई महानगरपालिकाले नगरप्रहरी लगाएर अपमान गरेको आरोप लगाएका छन् । महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले आफूहरुमाथि हातपात गरेको व्यवसायीले आरोप लगाएका छन् ।

व्यवसायी श्रीधर पोखरेलले महानगरसँग गरेको सम्झौता सकिन एक वर्ष बाँकी रहँदै महानगरले बर्बरतापूर्वक व्यवसायीहरुलाई अपमान गरेको बताए। उनले महानगरले अदालतको आदेश विपरीत व्यवसायीहरूमाथि धरपकड गरेको उल्लेख गरे।

त्यस्तै काठमाडौं महल सञ्चयकोष भवन व्यापार संघका अध्यक्ष मिलन घिमिरेले महानगरले व्यवसायीहरुलाई आतंककारी शैलीमा धरपकड गरेको बताएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS