images
images

त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन

काठमाडौं–त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि पहिलो पटक खुला रुपमा आवेदन दर्ता भएको छ । जसमा त्रिविका पूर्वपदाधिकारीसहित ४३ जनाले आवेदन दिएका छन्  ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकूलपतिका लागि दरखास्त दिने अन्तिम मिति हिजो सोमवारसम्म ४३ जनाले आवेदन दिएका छन् ।

आवेदन दिनेहरुमा अहिलेका निमित्त उपकूलपति प्रा.डा. शिवलाल भुसाल, त्रिविका पूर्वउपकूलपति प्रा.डा. तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकूलपति प्रा.डा. लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकूलपति प्रा.डा. केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा.डा. कुसुम शाक्य लगायतले आवेदन दिएका छन् ।

यस्तै, मध्यपश्चिम विश्वविद्यालयका अहिलेका उपकूलपति प्राडा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकूलपतिको जिम्मेवारीसमेत सम्हालिसकेका प्रा.डा. इन्द्र कार्की, त्रिविका इतिहास विभागका पूर्वप्रमुख प्राडा राजकुमार पोख्रेल लगायतले पनि उपकूलपतिका लागि आवेदन दिएका छन् ।

उपकूलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार आवेदनको मूल्याङ्कन गरेर केही दिनभित्रै सर्टलिस्ट अर्थात् अल्पसूची प्रकाशन हुनेछ । त्यसपछि विज्ञ समितिबाट अल्पसूचीमा परेका बीच प्रतिस्पर्धा गराएर एक जनालाई उपकूलपतिमा छनोट गरिनेछ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS