images

स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीहरु आवश्यक छन्ः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताए छन् ।

बुधवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफ्नो पहलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डाक्टर प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको मन्त्री बस्नेतले जानकारी दिए । उनले स्वास्थ्यकर्मीहरुको अभावका कारण आधारभुत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको तर्क गरे ।

स्वास्थ्यमन्त्री बस्नेतले नेपालको मेडिकल शिक्षा दक्षिण एशियाकै उत्कृष्ट रहेको पनि दाबी गरे ।