images

बालकुमारी घटनाः ज्यान गुमाएका दुई युवाकाे परिवारलाई सरकारले दियो १०/१० लाख रुपैयाँ

काठमाडौं–ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको पीडित परिवारलाई सरकारले क्षतिपूर्ती वाफत १०/ १० लाख रुपैयाँ दिएको छ ।

सरकारले गत पुस १४ गते मन्त्रिपरिषद्को निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँ प्रदान गरेको हो।

गत पुस १३ गते रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा सम्बन्धित विवादमा भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट गोली लागेर ती दुई युवाको मृत्यु भएको थियो ।

सोही घटनामा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाइएको थियो । घटनापछि सरकारले मृतकका परिवारलाई १०र१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो