images

मधेश प्रदेशमा सत्ता गठबन्धनका ढुंगाना र चौधरी निर्वाचित

काठमाडौं–राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् ।

अन्य कोटा तर्फबाट ढुंगानाले ७ हजार ३७० मतभार पाएर ढुंगाना निर्वाचित भएका हुन् । ढुंगानाले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत पाए । ढुंगानाको प्रतिद्वन्दी एमालेकी उषा चौधरीले २ हजार ४८४ मतभारमा चित्त बुझाउन बाध्य भइन् ।

त्यसै गरि महिला कोटातर्फ सत्ता गठबन्धनका पुजा चौधरीले ७ हजार ९२३ मतभार पाएर विजयी हासिल गरिन्। उनलाई प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरुको २०५ मत परेको छ ।

एमालेकी उषा चौधरीले दुई हजार ४४६ मतभार प्राप्त गरेकी थिइन् ।