images

बागमतीमा गठबन्धनका चारवटै उम्मेद्वार विजयी

काठमाडौं–रष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बाग्मती प्रदेशमा सत्तारुढ गठबन्धनले चारवटै सिटमा विजयी हासिल गरेको छ । निर्वाचनमा नेपाली कांग्रेसले महिलातर्फ बिष्णुदेवी पुडासैनी र अन्यमा जीतजंग बस्नेत, नेकपा माओवादी केन्द्रले अपांङ्गतर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् ।

महिलातर्फ विजयी पुडासैनीले ६६२२ मत र अन्यमा बस्नेतले ६५३१ मत, अपांङ्गतर्फ अधिकारीले ६३८३ मत र दलित रिजालले ६५१२ मत प्राप्त गरेका थिए ।

एमालेबाट महिलातर्फ उम्मेदवार रोचकुमारी चौलागाईंले २५५२ मत, दलिततर्फ ध्रुवराज विकले ३०५२ मत, अपाङ्गतर्फ त्रिलोचन निर्मल पौडेलले २७३४ मत अन्यतर्फ विवेक देवकोटाले २३५९मत प्राप्त गरे ।निर्वाचनमा ६ दलका १५ जनाले प्रतिस्पर्धा गरेका थिए ।