images

इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ

काठमाडौं-बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सुनारलाई ललितपुर महानगरपालिका–३, धोबिघाटबाट पक्राउ गरेको हो ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि फरार रहेकी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सरिता तिमल्सेना (कँडेल)सहितको जाहेरीको आधारमा उक्त सहकारीका अध्यक्ष ५१ वर्षीय देवकुमार नेपालीसमेत ८ जनालाई पक्राउ गर्न भन्दै पक्राउ पूर्जी समेत जारी भएको थियो।

गत जेठ २ गते जिल्ला अदालत बाग्लुङबाट पक्राउ पूर्जी जारी भएपछि फरार भएकी २७ वर्षीया लक्ष्मीलाई सीआईबीले पक्राउ गरेको हो।