images
images

बिआरआई दक्षिण एसियाको आर्थिक आकार दिने महत्वपूर्ण साधन होः गृहमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिआरआई अवधारणा दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधन भएको बताएका छन् ।

सिल्क रोड इन्टरनेसनल थिंक ट्यांक एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा साँस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआईले जोड दिएको उनको भनाइ छ ।

उनले बीआरआई नयाँ सम्भावना खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने माध्यम भएको पनि बताए । उपप्रधानमन्त्री श्रेष्ठले सडक, पुल र ऊर्जालगायत ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई बलियो बनाएको बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS