images
images

विमानस्थलमा यात्रुहरुको जाँच सशस्त्र प्रहरीमार्फत गराउन कर्मचारी संगठनको माग

काठमाडौं– विभिन्न तीनवटा कर्मचारी संगठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने यात्रु जाँच पनि सशस्त्र प्रहरीमार्फत हुनुपर्ने माग राखेका छन् ।

बिहीबार सुरक्षा जाँच गर्ने स्थानमा खटिएका प्रहरीबाट अध्यागमन अधिकृतमाथि कुटपिट भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण गराउँदै तीन संगठनले विभिन्न ६ बुँदामा आफ्ना माग राखेका हुन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल इकाई समिति, नेपाल निजामती कर्मचारी संगठन, अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल इकाई समिति र नेपाल निजामती कर्मचारी युनियन, अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल इकाई समितिले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले सो घटनाबारे तुरुन्तै छानबिन गर्नसमेत गृह मन्त्रालयसमक्ष माग राखेका छन् । विज्ञप्तिको बुँदा नम्बर ५ मा अन्तराष्ट्रिय सीमा क्षेत्र अन्तर्गत पर्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको मुख्य प्रवेश गर्ने स्थान, यात्रुहरुको चेकजाँच गर्ने स्थान तथा बाहिर निस्कने स्थानहरुमा चेकजाँच गर्ने कार्य नेपाल प्रहरीबाट हुने गरेकोमा अन्तराृष्ट्रिय विमानस्थलको सुरक्षा सीमा सुरक्षा हेर्ने निकाय मार्फत गर्ने व्यवस्थाको तत्काल कार्यान्वयन गर्न माग गरिएको छ ।