images

केपी ओलीले फिल्म खेल्दै,प्रधामन्त्रीकाे रोल पाउने !

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली फिल्ममा अभिनयन गर्ने भएका छन् । नेपाली चलचित्र नमेटिने घाउमा उनी अभिनय गर्ने भएका हुन् ।
आइतबार फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा गरिएसँगै ओलीले फिल्म खेल्ने कुरा जानकारी गराइएको हो ।

आइतबार राजधानीको नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलन गरेर उक्त फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समेत देखिने भएका छन् । उक्त फिल्ममा ओलीले ‘प्रधानमन्त्री’ रोल निर्वाह गर्ने बताइएको छ ।

ओलीले यसअघि दिपेन्द्र दाहालको ‘रातो सूर्य’ मा पनि समेत अभिनय गरेका थिए । फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । जुन फिल्म अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्नेछन् । एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ ।

एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नेछिन् । उनले पनि यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । उनले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।