images

वर्तमान राजनीतिमा अझै पनि अस्थिरताका बादल मडारिरहेको छः अध्यक्ष नेपाल

काठमाडौं–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको वर्तमान राजनीतिमा अझै पनि अस्थिरताका बादल मडारिरहेको टिप्पणी गरेका छन् । आइतबार पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले २०७९ को निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरुमा केही फेरबदल आए पनि अस्थिरता भने कायमै रहेको बताए ।

२०७९ को निर्वाचनपछि सरकारको समीकरण बदलिएर सात दलीय गठबन्धन कायम रहेको र सरकारले जनपक्षीय काम गरिरहेको उनको दाबी छ । अध्यक्ष नेपालले मुलुकको आर्थिक अवस्था भने सन्तोषजनक नरहेको टिप्पणी गरे ।

उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको आरोप पनि लगाए । उनले राष्ट्रियसभाको निर्वाचन उपयोग गरेर गठबन्धनमा उलटफेर ल्याउने एमालेको प्रयास असफल भएको दाबी पनि गरे । अध्यक्ष नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा भएको भोट क्रसको विषय हरेक दलमा छलफलको विषय बनेको पनि बताए ।