ललितपुरको ग्रिन तारा हेरिटेजमा मृत भेटिएकी जर्मन महिलाको टाउकोमा चोट

काठमाडौं– ललितपुरमा एक जर्मन नागरिक मृत फेला परेकी छन्। ललितपुर महानगरपालिका वडा नम्बर १६ स्थित ग्रिन तारा हेरिटेज अपार्टमेन्टको तेस्रो तलामा बस्दै आएकी जर्मन नागरिक मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीका अनुसार अन्दाजी ४४ देखि ५५ वर्षकी एडिलहेड स्चेनेको मृत अवस्थामा भेटिएको जानकारी दिए ।

घटनाबारे बुझ्न एसपी कार्की घटनास्थल पुगेका छन्। महिलाको टाउकोबाट रगत बगेको देखिएको उनले बताए। अहिले फरेन्सिक टोली र तालिम प्राप्त कुकुरलाई समेत बोलाएको एसपी कार्कीले जानकारी दिए । उनी दुई वर्षदेखि उक्त अपार्टमेन्टमा बस्दै आएकी छन्। उनले काभ्रेको नमोबुद्धमा योगा विश्वविद्यालय सञ्चालन गर्दै आएको जनाइएको छ ।