images

नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल भइरहेको छः मन्त्री साउद

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले नेपाल—भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल सुरु भइसकेको दाबी गरेका छन् । भारतको ७५औं गणतन्त्र दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताए ।

मन्त्री साउदले सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमै सहमति हुनुपर्ने बताए । हालै भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा पनि सीमा समस्या समाधानको प्रतिवद्धता भएको उनको भनाइ छ ।

मन्त्री साउदले आर्थिक समस्या समाधानका लागि सरकारले हाइड्रो इनर्जीलाई बिस्तार गरी भारत, बंगलादेशसँग विद्युत व्यापार बढाउनुपर्नेमा जोड दिए ।

मन्त्री साउदले नेपालले १ लाख मेगावाटसम्मको विद्युत उत्पादन गर्नका लागि अध्ययन गरेर अघि बढ्न जरुरी रहेको पनि बताए ।