images

विचाराधीन विधेयक आगामी संसद्को अधिवेशनबाट टुंग्गोमा पुग्छः मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदीय समितिमा विचाराधिन विधेयकहरु संसदको आगामी अधिवेशनबाट टुंगोमा पुग्ने बताएकी छिन् ।

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा मन्त्री शर्माले संसद आगामी अधिवेशनमा धेरै भन्दा धेरै विधेयक पेस गर्ने सरकारको तयारी रहेको बताइन् ।

सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा भएको छलफलमा मन्त्री शर्माले उन्नत स्तरको स्वतन्त्र र जनउत्तरदायी सरकारी मिडिया बनाउन रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने गरी विधेयक आएको समेत जानकारी दिइन् ।