images
images

एनसेल सेयर खरिद बिक्री प्रकरणः उच्च स्तरिय छानविन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं– एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री प्रकरणको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ ।

मंसिर २१ को मन्त्रिपरिषद् बैठकले गठन गरेको ५ सदस्यीय छानबिन समितिले सोमबार प्रधानमन्त्री दाहाललाई प्रतिवेदन बुझाएको हो । करिब २ महिना लामो छानबिन र अध्ययनपछि प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइएको समितिका संयोजक टंकमणि शर्माले बताए । शर्मा संयोजक रहेको समितिका सदस्यहरूमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले थिए ।

सरकारी प्रक्रिया पूरा नगरी दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी नदिई एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीमा चलखेल गरिएको भन्दै असन्तुष्टि जनाएको सरकारले समिति बनाएको थियो । मलेसियाली कम्पनी आजियटाले आफ्नो सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको नाममा रहेको स्पेक्ट्रलाइटलाई बिक्री गरेका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS