images
images
images

छायानाथ रारा नगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौं–कामै नगरी सडक स्तरोन्नतिका नाममा २८ लाख ६२ हजारभन्दा बढी पैसा निकासा गरेपछि मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा गरी सोमबार तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारूसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले सारूसहित इन्जिनियर महेशसिंह कठायत, असिस्टेन्ट सब–इन्जिनियर हस्तबहादुर मल्ल, सडक उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल, कोषाध्यक्ष बिजुली मल्ल, सडक अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, सदस्य हजरकला कामी, सोही पालिकाका वडा नम्बर ८ का वडाध्यक्ष कर्ण रावल र ७ का तत्कालीन सदस्य पशुपति शाहीलाई विपक्षी बनाएको छ ।

आयोगका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत सारु, इन्जिनियर सिंंह र असिस्टेन्ट सब–इन्जिनियर मल्लले नगरपालिकाका वडा–७ र ८ स्थित ताल्चा–सल्लेरी सडक स्तरोन्नति कार्यमा मानिसबाट अर्डिनरी स्वायल, हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङ गुर्नपर्ने भनी लागत अनुमान स्वीकृत गरेका थिए ।

उनीहरुले अर्डिनरी स्वायलको मात्र मेशिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङसमेत मानिसबाट गराएको भनी कामको बढी मूल्यांकन गराई नापी किताव, प्राविधिक विल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी २८ लाख ६२ हजार चार सय ५९ रुपैयाँ ८४ पैसा बढी भुक्तानी गरेको आयोगको ठहर छ ।

त्यस्तै सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष शाही, सचिव रावल र कोषाध्यक्ष मल्लले फिल्डमा अर्डिनरी स्वायलको मात्र मेशिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङसमेत मानिसबाट गराएको भनी कामको बढी मूल्यांकन गराई सम्झौता विपरीत नापी किताब, प्राविधिक विल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीको लागि पेश गरेको आयोगले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS