images
images
images

उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातका कारण निधन

काठमाडौं–पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ। घरमै हृदयाघात भएका उनलाई एट्याक आएलगत्तै मंगलबार बिहान उपचारका लागि अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

उनको शव कलंकीको नेसनल हस्पिटलमा राखिएको छ। न्यायाधीश मरासिनीको निधनपश्चात उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ। न्यायपरिषद्ले गत १८ पुसमा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो।

रौतहट जिल्ला अदालतबाट उनी उच्चमा भर्खर बढुवा भएर आएका थिए। उनको आज उच्चमा एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँगको संयुक्त इजलास तोकिएको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS