images
images

बुद्धको समाधिस्थल ९९ वर्षका लागि भाडामा दिने विषय सात दिन भित्र जानकारी गराउन समितिको निर्देशन

काठमाडौं– भगावन गौतम बुद्धको अस्थीधातु समाधिस्थल-९९ वर्षका लागि भाडा दिन लागिएको समाचार सार्वजनिक लेखा समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिनिधि सभा अन्तरगर्त रहेको लेखा समितिले लुम्बीनि विकास कोषले सर्वसाधारणको ११६ विघा जमिन अधिग्रहण गर्ने गरी गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन् एवं बौद्ध स्तुपा निर्माण तथा भाडामा (९९ वर्ष सम्म) दिने गरी विना प्रतिस्पर्धा निजी कम्पनीसँग समझदारी गरेको भन्ने समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

साथै उक्त विषयमा विभिन्र सवालहरू लिखित रूपमा साेध्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र लुम्बीनी विकास कोषलाई समितिलाई ७ दिनभित्र उपलब्ध गराउनुहुन सभापति ऋषि पोखरेलले निर्देशन दिएका हुन् ।

समितिकाे निर्देशन जस्ताकाे त्यस्तै

No description available.