images
images
images

सरकार प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेण्टी’गर्न प्रतिबद्ध छः प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

बुधबार नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेण्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘म नियन्त्रण र निर्देशनमा होइन, निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छु। त्यसैले लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको आधारभूत मान्यतालाई आत्मसात् गरिएका विषयवस्तु नेपाल टेलिभिजनमा देख्न चाहन्छु ।’

उनले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र नागरिक अधिकारलाई सर्वोपरि राखेको वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सदैव सुरक्षित गर्ने समेत दाबी गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS