images
images
images

लद्दाखमा भारतीय भेडा गोठाला र चिनियाँ सैनिकबीच झडप

काठमाडौं–भारत–चीन सीमाना लद्दाखमा भेडाहरू चराइरहेका गोठालाहरूको समूह र चिनियाँ सैनिकहरूबीच झडप भएको भिडियाे सार्वजनिक भएकाे छ । चिनियाँ सैनिकहरूले भारतीय भेडा गोठालाहरु भेडा चराउन रोक्न खोजेपछि गाेठालाहरूले त्यसकाे प्रतिवाद गरेकाे भिडियाेमा देख्र सकिन्छ ।

चिनियाँ सैनिकहरूले उनीहरूलाई भेडाहरू चराउनबाट रोक्न खोजिरहेका थिए, त्यसपछि गोठालाको समूहले चिनियाँ सैनिकहरूको सामना गरे। गोठालाहरूको समूह हिम्मतका साथ चिनियाँ सैनिकहरूको अगाडि खडा हुँदै उक्त क्षेत्र आफ्नो क्षेत्रम रहेको दाबी गरेकाे देखिन्छ। भेडि गोठालाहरुले आफ्ना पूर्खाहरुको पालादेखि नै भेडा चराइरहेको भन्दै पछि नहट्ने दाबी गरेका छन् ।

सन् २०२० मा गलवानमा सैनिकहरूबीच भएको झडपपछि स्थानीय गोठालाहरूले यस क्षेत्रमा जनावरहरू चराउन बन्द गरेका थिए।सार्वजनिक भएको भिडियोमा चिनियाँ सैनिकसँग झगडा गरिरहेका गोठालाहरूले आफूहरू भारतीय भूभागमा रहेको दाबी गरेका छन्। उनको यो भिडियोलाई सामाजिक सञ्जालमा निकै रुचाइएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS