images

विमानस्थमा कर्मचारी र प्रहरीबीचको कुटाकुट प्रकरणः अधिकृतलाई विभागी कार्बाही, असईलाई निलम्वन गर्न सिफारिस

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटाकुटको घटनाबारे छानबिन सकिएको छ । घटना छानबिन गर्न गठित सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले हिजो गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।

समितिले अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानलाई अध्यागमन कार्यालयबाट हटाइ विभागीय कारबाही गर्न र कुटपिटमा संलग्न असई सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ । गएको शुक्रवार विमानस्थलको अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबीच विवाद र कुटाकुट भएको थियो ।