images
images
images

खुला मञ्चलाई प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउँदै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरले खुला मञ्चमा प्राकृतिक दुबो सहितको घाँसे चउर बनाउन थालेको छ। अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको महानगरले जनाएको छ।

सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाउने त्यसमाथि प्राकृतिक दुवो रोपिन सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारी बताए।

‘दुबो सहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ। बिहान शारीरिक अभ्यास गर्न सकिनेछ। व्यवस्थित सार्वजनिक कार्यक्रम गर्ने स्थान हुनेछ। मर्निङ वाक गर्न सकिनेछ। बालबालिका र युवालाई खेल्ने तथा रमाउने ठाउँ हुनेछ,’ उनले भने।

उबडखाबड भएको मैदानलाई समथर बनाउने र आवश्यकताका आधारमा सबै खालका सार्वजनिक उपयोगका लागि उपयुक्त बनाउने योजना रहेको पूर्वाधार सल्लाहकार सुनिल लम्सालले बताए। खेल मैदानको जस्तो कृत्रिम दुबो लगाउने कुनै योजना नरहेको उनको भनाइ छ।

दैनिक ५० जना जनशक्ति परिचालन गरेर जमिनमा भएका मसिना ढुङ्गा समेत टिप्न लगाएको र तीन दिनदेखि काम भइरहेको महानगर प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS