images
images
images

राष्ट्रियसभाको २ महिने सम्भावित कार्यतालिका स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आगामी हिउँदे अधिवेशनका लागि २०८० माघ र फागुन महिनाको सम्भावित कार्य तालिका स्वीकृत भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा कार्यब्यबस्था परामर्श समितिको बैठकले राष्ट्रिय सभाको आगामी हिउँदे अधिबेशनका लागि २०८० माघ र फागुन माहिनाको संभावित कार्यतालिका स्विकृत गरेको हाे ।

बैठकले संसदको अधिबेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पुर्व जानकारी गराउनुपर्ने, जसले गर्दा कार्यतालिका बनाउन सहज हुनेछ ।

संसदको आउने अधिबेशनमा सरकारले कतिवटा, के कस्ता विद्येयक दर्ता गराउने हो सो बिषयको जानकारी पनि संसद अधिबेशन प्रारम्भ हुनु भन्दा अगावै संसदलाई जानकारी दिन आग्रह गर्ने तथा राष्ट्रिय सभामा लामो समयदेखि विचाराधिन अवस्थामा रहेको अध्यागमन विद्येयक फिर्ता लिने वा अगाडी बढाउने हो भन्ने बिषय टुंगो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS