images
images
images

भाई अरुण चौधरी पक्राउ परेसँगै विनोद चौधरीले गराए देउवाको ध्यानाकर्षण

काठमाडौं–उधोपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो भाई अरुण चौधरी पक्राउबारे कांग्रेस संसदीय समितिको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको कांग्रेस संसदीय समितिको बैठकमा सांसद चौधरीले सभापति शेर बहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् ।

संसदीय दलको बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले त्यसबारे दलको बैठकमा कुरा उठेको बताए । प्रमुख सचेतक लेखकले भने,‘उहाँले आफ्ना कुरा राख्नुभएको छ । पार्टीले कुनै आधिकारिक धारणा बनाएको छैन । नेता र सांसदले गम्भीरतापूर्वक सुनेका छौं । ‘,

चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको निजीकरणदेखिका सबै प्रक्रियाहरूको बारेमा जानकारी गराउँदै आफूहरूमाथि योजनाबद्धरूपमा हमला गरेको विषयमा दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।

सिआइबीको टोलीले व्यवसायी अरुण चौधरीलाई बाँसबारी छाला उद्योगको सरकारी जग्गा हडपेको आरोपमा विहिबार पक्राउ गरेको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS